प्रिमियर लिगमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

प्रिमियर लिगमा आज तीन खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज तीन खेल हुँदैछन् । आइतबार तेस्रो राउन्डको दोस्रो दिन तीन खेल हुने भएको हो । चर्चित क्लबहरु टोटनह्याम, म्यानेचष्टर युनाइटेड र लिड्स युनाइटेड आ–आफ्नो प्रतिद्वन्द्वीविरुद्ध खेल्दैछन् ।

पहिलो खेलमा बर्नलीले लिड्स युनाइटेडको सामना गर्नेछ । लगातार दुई खेलमा पराजित भएको बर्नली पहिलो जितको खोजीमा हुनेछ ।

यता, भ्रमण टोली लिड्स पनि पहिलो जितको खोजीमा छ । दुई खेल खेलेको लिड्ससँग एक अंक मात्रै छ । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा टोटनह्याम र वाटफोर्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ७ बजे हुने खेलमा टोटनह्याम लगातार तेस्रो जितको दाउमा हुनेछ ।

यता, वाटफोर्ड दोस्रो जितको खोजीमा छ । भ्रमण टोली वाटफोर्डसँग तीन अंक छ ।

तेस्रो खेलमा उल्भ्स र म्यानचेष्टर युनाइटेड भिड्नेछन् । खेल नेपाली समयअनुसार राति सवा १० बजे हुनेछ । घरेलुु टोली उल्भ्स पहिलो अंक र जितको खोजीमा छ ।

दुई खेल खेलिसक्दा उसले अंक जोड्न सकेको छैन । यता, भ्रमणकारी टोली म्यानचेष्टर युनाइटेड दोस्रो जितको खोजीमा छ । दुई खेलमा चार अंक बटुलेको युनाइटेड १० औं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);