संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड शीर्ष स्थानमा

एजेन्सी ।संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड क्लब स्पेनिस ला-लिगाको शीर्ष स्थानमा पुगेको छ ।

शनिबार रातिको खेलमा म्याड्रिडले रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको एकमात्र निर्णायक गोल दोस्रो हाफको ६१ मिनेटमा सम्भव भएको थियो । डिफेण्डर ड्यानी कार्भाजलले हेडिङ मार्फत गोल गरेका थिए ।

जीतसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान ७ अंक नै भए पनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा छन् । पराजित बेटिस २ अंकसहित १४औं स्थानमा छ ।

राति नै भएका अन्य खेलमा सेल्टा डि भिगोलाई एट्लेटिको बिल्वाओले १-० तथा रियल सोसिडाडले लेभान्तेलाई १-० गोल अन्तरले पराजित गरे । इल्चे र सेभियाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);