स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसको जित

काठमाडौं, २६ फागुन । स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस विजयी भएको छ । आइतबार राति रियल बेटिसको मैदानमा भएको खेलमा रियल बेटिसले २–१ गोल अन्तरले रियल म्याड्रिडलाई पराजित गरेको हो ।

बेटिसले खेलको ४०औं मिनेटमा सिड्नेइको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफकै अन्तिममा रियलले पेनाल्टीको अवसर पायो । करिम बेन्जिमाले पेनाल्टीलाई सदुपयोग गरी खेल १–१ को बराबरीमा ल्याए ।

६६औं मिनेटमा मैदान छिरेका रियल बेटिसका टेलोले ८२औं मिनेटमा गोल गर्दा रियल म्याड्रिड निराश बन्या े। हारपछि २७ खेलबाट ५६ अंक रहेको रियल मड्रिड दोस्रो स्थानमा सीमित भएको छ ।

अघिल्लो दिनको खेलमा रियल सोडिडाडविरुद्ध कठिन जित निकालेको बार्सिलोनालाई रियल म्याड्रिडको हारले ठूलो राहत मिलेको छ । यस अघिको एल क्यासिकोमा रियलबाट हार व्यहोरी पछि परेको बार्सिलोना पुन शीर्ष स्थानमा फर्किन सफल भएको छ । बार्सिलोनाको २७ खेलबाट ५८ अंक छ । २७ खेलबाट ३३ अंक बनाएको रियल बेटिस भने १२औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);