सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गर्‍यो, नागरिकता बाँड्नु मात्र डेलिभरी होइनः रामकुमारी झाँक्री | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गर्‍यो, नागरिकता बाँड्नु मात्र डेलिभरी होइनः रामकुमारी झाँक्री

काठमाडौँ 

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरिरहेको भन्दै पहिले सनेर त्यसपछि मात्र थुन्न आग्रह गर्नुभयो ।

उहाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै पुरानै कार्यक्रमहरुको निरन्तरता भएको टिप्पणी पनि गर्नुभयो । उहाँले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको पनि बताउनु भयो । उहाँले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पूर्जा बाढ्नु मात्रै डेलिभरी नहुने बताउनुभयो । सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार