अष्ट्रेलियालाई महिला टी-२० विश्वकपको उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

अष्ट्रेलियालाई महिला टी-२० विश्वकपको उपाधि

australia champions

एजेन्सी, २५ फागुन । सातौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर १ बलमा ९९ रन बनाउँदा अलआउट भयो । भारतको लागि दिप्ती शर्माले ३३ रनको सर्वाधिक इनिङ्स खेलिन् । यस्तै भेडा क्रिश्नामुर्तीले १९, रिचा घोसले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।अष्ट्रेलियाकी मेगान स्चुट्टले ४ तथा जेस जोनासेनले ३ विकेट हात पारिन ।

अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । अष्ट्रेलियाको ठुलो स्कोरमा बेथ मोनीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । ५४ बल खेलेकी मोनीले १० चौका प्रहार गरिन् ।यस्तै एल्स्या हेलीले ७५ रनको अर्धशतकीय इनिङ्सको योगदान गरिन् । उनले ३९ बलमा ७ चौका र ५ छक्का प्रहार गरिन् ।

कप्तान मेग लानिन्नले १६ रन बनाउँदा निकोला केरी ५ रनमा अविजित रहिन् ।भारतकी दिप्ती शर्माले २ तथा पुनम यादब र राधा यादबले समान १–१ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);