मेयर कप महिला टी-२० प्रतियोगितामा प्रदेश १ काे पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

मेयर कप महिला टी-२० प्रतियोगितामा प्रदेश १ काे पहिलो जित

काठमाडाैं, २३ चैत । कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि १० विकेट जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

यस अघि भएको पहिलो खेलमा प्रदेश १ विभागीय टोली एपिएफसँग पराजित भएको थियो । लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले १३.२ बलमा बिना विकेटको क्षतिमा पूरा गर्दै शानदार जित निकाललेको हो । प्रदेश–१ को जितमा कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन ।

रुबिना ६८ रनमा अविजित रहिन भने उनलाई काजल श्रेष्ठले व्यक्तिगत २५ रनको योगदान गर्दै जित निश्चित बनाइन । अर्धसतकीय इनिङ खेलेकी रुविनाले ४९ बलको सामना गर्दा १२ चौका र १ छक्का प्रहार गरेकी हुन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

लुम्बिनीका लागि सरस्वती मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन । नेरी थापाले अविजित २० रन जोडिन । यस्तै नितु भण्डारी १८ रनमा आउट हुँदा वर्षा राना शून्यमा पवेलियन फर्किएका थिए । प्रदेश–१ की शबनम राईले एक विकेट लिईन  ।

जितसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । पराजित लुम्बिनीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स–११ सँग २७ रनले पराजित भएको थियो । प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र एपिएफ तथा दोस्रो खेल प्रदेश–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);