प्रधानमन्त्री कप क्रिकेटः प्रदेश १ को लगातार तेस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेटः प्रदेश १ को लगातार तेस्रो जित

काठमाडौं । प्रदेश नम्बर–१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटको जित निकाल्दै प्रदेश–१ ले लगातार तेस्रो जित निकालेको हो । यस जितसँगै प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ । कर्णालीको यो लगातार तेस्रो हार हो । मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश–१ लाई ४० रनको लक्ष्य दिएको थियो ।

कर्णालीले दिएको लक्ष्य प्रदेश–१ ले ४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा गर्यो । प्रदेश–१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २२ रन जोडिन । काजल श्रेष्ठ १३ रनमा अविजित रहिन् । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो ।

कर्णालीका रमा बुढाथोकीले १८ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । प्रदेश–१ का ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १÷१ विकेट हात पारिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);