प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशको लगातार तेस्रो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशको लगातार तेस्रो जित

काठमाडौं, ९ माघ । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार प्रदेश–२ लाई ६ विकेटले पराजित गर्दै बागमतीले लगातार तेस्रो जित हात पारेको हो ।

प्रदेश–२ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो । बागमतीलाई जित दिलाउन पृथु बास्कोटाको अर्धशतकले महत्वपुर्ण भूमिका खेल्यो । यसँगै लगातार दोश्रो अर्धशतक बनाएका पृथुले शुक्रबारको खेलमा ७५ बलमा अविजित रहदै ५३ रन बनाएका हुन् ।

यस्तै बिभत्सु थापाले ४७ , आकाश थापाले ३२, इशान पाण्डेले १५ र आदील खानले ५ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल भने ७ रनमा अविजित रहे । यस अघि टस जितेर ब्याटिङ राजेकोे प्रदेश–२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो । शुक्रबारको जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);