प्रिमियर लिग फुटबलमा साबिक विजेता लिभरपुल पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रिमियर लिग फुटबलमा साबिक विजेता लिभरपुल पराजित

एजेन्सी, ९ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता लिभरपुलले कमजोर मानिएको बर्नलीसंग अप्रत्याशीत हार व्योहरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा एस्ले बारनेसको निर्णायक गोलसंगै लिभरपुल बर्नलीसंग १–० गोल अन्तरले पराजित भएको हो ।

प्रिमियर लिगमा घरेलु मैदानमा लिभरपुरको ६८ खेलमा अपराजित यात्रा भंगगर्नेक्रममा बर्नलीका एस्लेले ८९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । बर्नलीले लिभरपुलको मैदान एन्फील्डमा सन १९ सय ७४ यता निकालेको यो पहिलो जित हो ।

हारपछि १९ खेलमा ३४ अंक जोडेर लिभरपुल चौथो स्थानमा रहेको छ । म्यान्चेस्टर युनाईटेड १९ खेलमा ४० अंक जोडेर लिग तालिकाको शिर्ष स्थानमा छ । १८ खेलमा ३८ अंकबाट म्यानचेस्टर सिटी दोस्रो तथा ३८ अंकबाट लेस्टर तेस्रो स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);