प्रिमियर लिगमा चेल्सीसँग साविक विजेता लिभरपुल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रिमियर लिगमा चेल्सीसँग साविक विजेता लिभरपुल पराजित

एजेन्सी, २१ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो ।

एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासलाई सदुपयोग गरे ।

त्यसअघि चेल्सीका लागि टिमो वेर्नरले २४ औं गोल गरेका थिए । तर, अफसाइड हुँदा उनको गोलले मान्यता पाएन ।

जितसँगै चेल्सी २७ खेलबाट ४७ अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ भने लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);