इङ्लिस प्रिमियर लिग : लिभरपुलको अपराजित यात्रा कायमै, साबिक विजेता सिटिको हार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इङ्लिस प्रिमियर लिग : लिभरपुलको अपराजित यात्रा कायमै, साबिक विजेता सिटिको हार

roberto-firmino-mohamed-salah-liverpool

एजेन्सी, २९ भदौ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । शनिबार भएको खेलमा न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।

घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको थियो । एनफिल्डमा खेलको ७ औँ मिनेटमा जेट्रोले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । ४० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल २–१ ले अघि रह्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

जितसँगै लिभरपुलले ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ । गएरातिनै भएको अर्को खेलमा साविकको विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । शनिबार राति भएको खेलमा म्यान्चेष्टर सिटी नर्विच सिटीसँग ३–२ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा नर्विचलाई जित दिलाउन केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले एक एक गोल गरे । सिटीका सर्जियो अग्युरो र रोड्रीगोले एक एक गोल फर्काए । तालिकाको दोस्रो स्थानमा रहेको सिटीले ५ खेलबाट १० अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);