प्रिमियर लिगमा लिभरपुलको अपराजीत यात्रा कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रिमियर लिगमा लिभरपुलको अपराजीत यात्रा कायमै

burnley vs liverpool

एजेन्सी, १५ भदौ । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराउँदै अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले ३–० गोल अन्तरको शानदार जित हात पारेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरेका थिए । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए ।

लिभरपुलले खेलमा आत्मघाती गोलबाट अग्रता बानाएको थियो । खेलको ३३ औं मिनेटमा वुडले आत्मघाती गोल गर्दा लिभरपुल १–० ले अघि रह्यो । ३७ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २–० ले अघि रह्यो । दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो । खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए ।

योसँगै फिर्मिन्हो प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् । यो जितसँगै लिभरपुलले लिगमा लगातार १३ खेलमा जित निकाल्दै अपराजित यात्राको कीर्तिमान बनाएको छ ।

जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ । पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);