प्रिमियर लिगमा लिभरपुलसँग ७–० गोल अन्तरले क्रिस्टल प्यालेस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रिमियर लिगमा लिभरपुलसँग ७–० गोल अन्तरले क्रिस्टल प्यालेस पराजित

एजेन्सी, ५ पुष । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित दर्ता गरको छ । शनिबार राति क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ७–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल थप गर्न सफल रह्यो । लिभरपुलका लागि रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई–दुई तथा मिनामिनो, साडिओ माने तथा हेन्डर्सनले एक–एक गोल गरे ।

मिनामिनोले तेस्रो, मानेले ३५ औँ तथा फिमिनोले ४४ र ६८ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै हेन्डर्सनले ५२ तथा सालहले ८१ र ८४ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ७–० ले विजयी भएको हो । जितपछि शीर्ष स्थानको लिभरपुलको १४ खेलबाट ३१ अंक भएको छ ।

लिग अन्तर्गत शनिबार राति भएका अन्य खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले पराजित गर्दा न्यूक्यासल र फुलह्यामले १–१ को बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);