लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी, २ पुष । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्मलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटनह्मलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

लिभरपुलका लागि मोहम्मद सालह र रोबर्टो फिरमिनोले गोल गरे । यस्तै टोटनह्यामका लागि सन हेङ मिनले एक गोल फर्काएका हुन् । २६ औँ मिनेटमा सालहले गोल गरि घरेलु टोली लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।

३३ औँ मिनेटमा सनले टोटनह्यामका लागि बराबरी गोल फर्काए । तर ९० औँ मिनेटमा फिरमिनोले गोल गरि लिभरपुललाई महत्वपूर्ण जित दिलाएका हुन् ।

जितपछि लिभरपुलको १३ खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा झरेको टोटनह्यामको २५ अंक छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);