राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

काठमाडौं, २ पुष । अष्ट्रेलीयाका डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक र विनोद कुमार दास क्रिकेट म्यानेजर नियुक्त,नियुक्ती आगामी जनवरी १ देखि लागूहुने ।

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेव वाटमोरलाई नियुक्त गरेको छ । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

वाटमोरलाई आगामी जनवरी १ देखि एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ । यसैगरी रौनकबहादुर मल्ल महाप्रबन्धक, रमेशकुमार न्यौपाने प्रमुख लेखा अधिकृत र विनोद कुमार दास क्रिकेट म्यानेजर नियुक्त भएका छन् ।

श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय खेल खेलेका छन् । उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षण दिइसकेका छन् । वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९ सय ९६ को विश्वकप क्रिकेट जितेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रेअरीबाट मुख्य प्रशिक्षक विहीन रहेको थियो । क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । नेपालको मुख्य प्रशिक्षक बन्न ७२ प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले अन्तिम चरणमा अन्तर्वार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तर्वार्ताका लागि १२ जना मात्र उपस्थित भए ।

अन्तर्वार्तापछि क्यानले वाटमोर सहित ३ प्रशिक्षकको नाम आईसीसीमा पठाएको थियो ।आईसीसीको सहमतीमा क्यानले वाटमोरलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । विश्व क्रिकेटमा प्रतिष्ठित वाटमोरले सन् २०१७ मा नेपाली टिमलाई २ हप्ता प्रशिक्षण दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);