नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् ।

आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन् । उनले नेपाल क्रिकेट संघ क्यानलाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताइएको छ ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले क्यानसंग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।

पारिवारिक कारण देखाउदै ह्वाटमोरले राजीनामा दिएको बुझीएको छ । ओमान भ्रमण लगत्तै ह्वाटमोर राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारीबाट बाहिरिनेछन् ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा छ ।

सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत सुरु गरिसकेको छ । ह्वाटमोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);