बक्सिङ संघमा देखिएको विवाद चाँडै समाधान गर्ने : राखेप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बक्सिङ संघमा देखिएको विवाद चाँडै समाधान गर्ने : राखेप

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले बक्सिङ संघमा देखिएको विवाद चाँडै समाधान गर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा आयोजित खेल पत्रकारहरुलाई बक्सिङ खेलबारे प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव सिलवालले बक्सिङ संघमा देखिएको विवाद चाँडै समाधान गर्ने जानकारी दिएका हुन् । 

अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्गत एनएसजेएफ एकेडेमी र काठमाडौं जिल्ला बक्सिङ संघद्वारा शुक्रबार काठमाडौंमा खेल पत्रकारहरुलाई बक्सिङ खेलबारे प्रशिक्षण दिइएको छ ।

एकेडेमी र संघले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक अनुप लामाले बक्सिङ खेलको सैद्धान्तिक र प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए ।

हरेक वर्ष २७ अगष्टमा विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइँदै आएको छ । सोहीक्रममा नेपालमा पनि बक्सिङसँग सम्बद्ध विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी बक्सिङ दिवस मनाइरहेका छन् ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका राखेपका सदस्यसचिव सिलवालले यस्ता कार्यक्रम खेलकुद विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे । 
काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष दिनक लाल श्रेष्ठले बक्सिङ दिवसको अवसरमा एनएसजेफ एकेडेमीसँग मिलेर कार्यक्रम गर्न पाउनु खुशीको क्षण भएको बताए ।

नेपाल खेलकुदपत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले पत्रकारहरुलाई बक्सिङ खेलको प्राविधिक पक्षमा प्रशिक्षणले अब्बल बनाउने अपेक्षा गर्दै यसबाट आगामी दिनमा बक्सिङको समाचार संकलन तथा लेखनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले बक्सिङ नेपालमा पदकको सम्भावना बोकेको खेल भएकोले यसको विकासमा ध्यानदिन सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराए ।

यसैगरी एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले पत्रकारहरुलाई विभिन्न खेलको प्राविधिक पक्षबारे जानकारी गराउने उद्देश्यमा ‘नो योर गेम’ शृंखला सुरु गरिएको जनाकारी गराए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);