बक्सिङ संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बक्सिङ संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुग्यो

काठमाडौं, २७ साउन । नेपाल बक्सिङ संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ । पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेसंगै राष्ट्रिय खेलकूद परिषद् राखेपले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।

अध्यक्ष अवाले एकलौटी रूपमा अघि बढेको,चार वर्षको कार्यकालमा साधारणसभा समेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भन्दै महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते राखेपमा उजूरी दर्ता गराएका थिए ।

उक्त उजुरीको आधारमा राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । महासचिव भट्टाचार्यले संघको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाएका छन् ।

अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकारेका छन् । किचलोका कारण संघले आफ्नै आयोजनामा हुने राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन । प्रतियोगिता तयारी गरिरहेका खेलाडी नेतृत्वको चपेटामा परेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);