प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा

काठमाडौं । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोस्राे पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता २९ कात्तिकदेखि हुने भएको छ ।

प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी गराए । 

पुरुषमा १३ र महिलामा आठ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।

प्रत्येक तौल समूहमा कम्तिमा १० हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ । प्रायोजक बढेमा पुरस्कार राशीमा पनि वृद्धि गर्न हुन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गर्ने तयारी रहे पनि एकीन भई नसकेको बताइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);