किक बक्सिङ प्रतियोगिता माघको पहिलो साता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

किक बक्सिङ प्रतियोगिता माघको पहिलो साता हुने

काठमाडौं, १७ पुस । तेस्रो संस्करणको वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता माघको पहिलो साता आयोजना हुने भएको छ ।

आयोजक ललितपुर किक बक्सिङ संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २ देखि ४ गतेसम्म हुने जानकारी दिएको हो । ललितपुर गोदावरी नगरपालिकाको चापागाउँको प्याङगाउँचौरमा आयोजना हुने प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटिएफ, फुल कन्ट्याक कराते, मुवा थाईको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबका खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले २५-२५ हजार रुपैयाँ पाउने छन् । यस्तै टिम च्याम्पियन टोलीले १ लाख र दोस्रो हुनेले ५० हजार पाउने संघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);