ईपीएल क्रिकेट : भैरहवाले फाइनल प्रवेशका लागि पोखरासँग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ईपीएल क्रिकेट : भैरहवाले फाइनल प्रवेशका लागि पोखरासँग खेल्ने

काठमाडौं । भैरहवा ग्लाडियर्टसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि पोखरा राईनोजसँग खेल्ने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गरेसँगै भैरहवाले पोखरासँगको भेट पक्का गरेको हो । 

विहान भएको पहिलो क्वालिफायरमा पोखरा चितवन टाईगर्ससँग ९ विकेटले पराजित हुँदा इलिमिनेटरमार्फत फाइनल पुग्ने मौका पाएको थियो । 

१८८ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको काठमाडौं २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रनमा रोकिएपछि भैरहवा १६ रनले विजयी भएको हो । 

काठमाडौंको लागि ओपनिङ ब्याटर असान प्रियन्जन सर्वाधिक ६८ रन बनाए । ४८ बल खेलेका असानले ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै जनक प्रकाशले २८, अमित श्रेष्ठले १९, विकेट किपर राजु रिजालले १० रनको योगदान गर्दा कप्तान सन्दीप लामिछानेले ६ रन बनाए । 

भैरहवाको दुर्गेस गुप्ताले सर्वाधिक २ विकेट लिए । यस्तै धमिका प्रसाद, कुशल मल्ल, कृष्ण कार्की र आरिफ शेषले समान १ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रन बनाए । सर्वाधिक चाडो अर्धशतक बनाउने खेलाडीको कीर्तिमानबाट चुकेका शरदले बिष्फोटक ब्याटिङ गर्दै २० बलमा ७ चौका र ३ छक्का हिर्काएका थिए । भैरहवाको लागि प्रदीप ऐरीले ३९, कुशल मल्लले ३२ तथा मोहमद आरिफ शेखले १५ रनको योगदान गरे । 

टस हारेर बलिङ गरेको काठमाडौंको लागि कप्तान सन्दीप लामिछाने र असान प्रियन्जनले सर्वाधिक २/२ विकेट लिए । अन्तिम ओभरमा कप्तान सन्दीपले ३ रन खर्चेर २ विकेट लिएका थिए । सोही ओभरमा एक रनआउट पनि भएको थियो । यस्तै जितेन्द्र मुखिया, शेर मल्ल र जनक प्रकाशले समान १ विकेट लिए ।

भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् । यो खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग भोलि फाइनल प्रवेशका लागि खेल्ने छ । 

विहान भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसकेको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);