ईपीएल क्रिकेटमा आज दुई खेल, दबाबमा काठमाडौं किङ्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ईपीएल क्रिकेटमा आज दुई खेल, दबाबमा काठमाडौं किङ्स

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सोमपाल कामी कप्तानीको चितवन टाइगर्स र शरद भेसावकर कप्तानीमा रहेको भैरहवा ग्ल्याडीएटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे हुनेछ । 

दाेस्राे खेलमा विनोद भण्डारी कप्तानीको पोखरा राइनोज र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किङ्स एलेभन भिड्नेछन् । खेल दिउसो साढे १ बजे हुनेछ । 

अंक तालिकामा पहिलो स्थानमा रहेको चितवनलाई भैरहवासँगको जित/ हारले कुनै फरक पार्ने छैन । चार  खेलमा अपराजित रहँदै ८ अंक रहेकोले चितवन शीर्ष स्थानमै रहेर प्ले अफ पुग्ने छ ।  

काठमाडौं किङ्स इलेभनको लागि आजको जित प्लेअफ प्रवेशका लागि महत्वपूर्ण छ । २ खेल खेल्न बाँकी रहेको काठमाडौंले ३ अंकका साथ चौथो स्थान बनाएको छ । दुबै खेलमा काठमाडौं पराजित भएमा प्लेअफ पुग्न असफल हुनेछ । र, ललितपुर प्लेअफ पुग्नेछ। विराटनगर भने ५ खेलमा १ मात्र जितपछि लिगबाट बाहिरिसकेको छ।

पोखराले आज काठमाडौँलाई पराजित गरेमा शीर्ष २ स्थानमा रहँदै प्लेअफ पुग्ने सम्भावना बलियो हुनेछ । पोखरा आज जित्ने र भैरहवाले बाँकी २ खेलमा एउटा खेलमा हार बेहोर्ने हो भने पोखराले पहिलो क्वालीफायरमा चितवनसँग खेल्ने पक्का हुनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);