ईपीएल क्रिकेट : ललितपुर र भैरहवाको लक्ष्य 'क्वालिफायर' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ईपीएल क्रिकेट : ललितपुर र भैरहवाको लक्ष्य ‘क्वालिफायर’

lalitpur patriots

काठमाडौं, १ पुष । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा आइतबार हुने एक मात्र खेलमा शीर्ष स्थानको ललितपुर प्याट्रीयट्स र दोस्रो स्थानको भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ ।

उपाधिका दाबेदार ज्ञानेन्द्र मल्लको ललितपुर र शरद भेषावकरको भैरहवा प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवैको लक्ष्य जित निकाल्दै पहिलो क्वालिफायरमा पुग्नु हुनेछ ।

दुवै टोली जित निकाल्दै तालिकाको शीर्ष दुईमा पुग्न चाहन्छ । दुवै टोलीका कप्तानले अन्तिम खेल जितेर क्वालिफायर पुग्ने लक्ष्य रहेको बताईसकेका छन् ।

ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछ । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नु पर्ने हुन्छ ।

एक खेल अगावै टोली टोलीले प्ले अफमा स्थान पक्का गरिसकेको छ । यस खेल दुवै टोलीको लिग चरणको अन्तिम खेल हो ।यस खेलमा जित हात पार्ने एक टोलीको शीर्ष दुई पक्का हुनेछ ।

पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले त्यसपछिका तीन खेलमा लगातार जित हात पार्दै प्ले अफमा पुगेको हो । ललितपुरको ४ खेलबाट ६ अंक छ ।

सुरुवाती तीन खेलमा जित निकालेको भैरहवा शनिबार काठमाडौं किङ्स इलाभेनसंग पराजित भएको थियो । साविकको उपविजेता समेत रहेको भैरहवाको पनि ४ खेलबाट ६ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);