ए डिभिजन लिग : थ्रिस्टारद्वारा मच्छिन्द्र र च्यासलद्वारा ब्रिगेड ब्वाइज पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ए डिभिजन लिग : थ्रिस्टारद्वारा मच्छिन्द्र र च्यासलद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौं, २९ मंसिर । शनिवार भएको सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । हलचोक स्थित एपीएफ मैदानमा भएको दोस्रो खेलमा थ्री स्टारले मछिन्द्रलाई १–० गोल अन्तरले हराएको हो ।

डिफेन्डर रन्जित धिमालले खेलको १२ आैं मिनेटमा पेनाल्टीमा गरेको गोल थ्री स्टारलाई जितका लागि पर्याप्त बन्यो । जितसंगै थ्री स्टारले ८ खेलबाट २१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

मछिन्द्र ३ अंक सहित तालिकाको १३ आैं स्थानमा छ । यसैगरी पहिलो खेलमा च्यासल युथक्लबले ’ए’ डिभिजन लिगमा चौथो जित निकालेको छ ।

शनिबार भएको खेलमा ब्रिगेड ब्वाईजलाई २–० ले पराजितगर्दै च्यासलले तीन अंक जोडेको हो । जितसंगै च्यासलले ८ खेलबाट १३ अंकजोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ब्रिगेड ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);