ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र एपीएफ विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र एपीएफ विजयी

काठमाडौं, ३ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङले च्यासललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा एडेलाजा, ओलावाले अफिज र बिमल रानाले गोल गरे । च्यासलका देबेन्द्र तामाङले पेनाल्टीमा एक गोल फर्काएका थिए । खेलको १६ औ मिनेटमा एडेलाजाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए ।

अन्जन विष्टले मिलाएको उत्कृष्ट पासमा ओलावाले अफिजले उपलब्ध गराएको बललाई एडेलाजाले पोस्टको दिशा दिए । ७२ औ मिनेटमा अफिजले एकल प्रयासमा गोल गर्दै मनाङलाई २–० को स्थितीमा पु¥याए ।

जारी लिगमा अफिजले गोल संख्या ६ पु¥याएका छन् । खेल सकिन २ मिनट बाँकी छँदा बिमल रानाले गोल गर्दै मनाङलाई जितको नजिक पु¥याएका थिए । खेलको अन्तिम समयमा च्यासलले पेनाल्टीको अवसर पायो ।

मनाङका डिफेन्डर मोहमद आसिफले डि बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा देबेन्द्र गोल गर्न सफल रहे । जितसंगै मनाङले ९ खेलबाट २१ अंक जोडेको छ । च्यासल १३ अंक सहित तालिकाको सातौ स्थानमा यथावत छ ।

एपीएफले मछिन्द्र क्लबलाई पराजित
यस्तै आज भएको पहिलो खेलमा विभागीय टिम एपीएफले मछिन्द्र क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा एपीएफले मछिन्द्रलाई ३–१ गोल अन्तरले हराएको हो । पहिलो हाफमा २–१ को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको चौथो मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । लगत्तै श्याम कुमार नेपालीको पासमा युवराज खड्काले हेड गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए । ३४ औ मिनेटमा मछिन्द्रका अल्बा एडिमोलाले गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरे ।

जारी लिगमा मछिन्द्रको यो पहिलो गोल हो । खेल सकिन एक मिनेट बाँकी छँदा रुपबहादुर लामाले गोल गर्दै एपीएफको जित निश्चित गरेका थिए । जितसंगै एपीएफले ९ खेलबाट १३ अंक जोडेर तालिकाको आठौ स्थानमा रहेको छ । मछिन्द्र ३ अंक सहित तालिकाको पुछारमा यथावत छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);