ए डिभिजन लिग : मनाङ मर्स्याङदीद्वारा एपीएफ पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ए डिभिजन लिग : मनाङ मर्स्याङदीद्वारा एपीएफ पराजित

a divisionn lig

काठमाडौं, ११ मंसिर । मनाङ मर्स्याङदी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै मनाङले चौथो खेलसम्म लगातार जीत हासिल गरेको हो ।

एपीएफलाई पराजित गर्ने क्रममा मनाङका लागि अञ्जन विष्ट र अडेलाजा सोमिडीले समान एक–एक गोल गरे । त्यस्तै, एपीएफका लागि कप्तान नविन लामाले गोल फर्काएका थिए । खेलको १९ औं मिनेटमा सोमिडीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा पेनाल्टीबाट नवीन लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए । तर पहिलो हाफको अन्तिम समयमा एपीएफका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि मनाङले पेनाल्टी पाएको थियो ।

पेनाल्टीलाई सदुपयोग गर्दै मनाङका अञ्जन विष्टले टिमलाई २–१ गोलको अग्रताको स्थितिमा पुर्याए । दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल हुन सकेन । मनाङको चार खेलबाट १२ अंक भएको छ ।

यसैगरी मंगलवार भएको पहिलो खेलमा सरस्वती क्लवले ब्रिगेड ब्याइज क्लव बीबीसीलाई २–१ ले पराजित गरेको गर्यो । सरस्वती क्लबलाई जित दिलाउन विनोद केसी र फ्रान्सिस ओनियमाले गोल गरे ।

यता बीबीसीका लागि काजिम बुसारीले गोल फर्काएका थिए । खेलको तेस्रो मिनेटमा नै विनोदले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । खेलको सातौ मिनेटमा नै काजिमले गोल गर्दै बीबीसीलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेको थियो । खेलको दोस्रो हाफमा सरस्वतीले गोल गरेपछि बीबीसी पराजित भएको हो । खेलको ५२ औं मिनेटमा फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २–१ गोलको जित दिलाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);