घरेलु मैदानको जितसँगै मनाङलाई दुई अंकको अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घरेलु मैदानको जितसँगै मनाङलाई दुई अंकको अग्रता

काठमाडौं । घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशालामा कप्तान अन्जन विष्टकाे २ तथा वैकल्पिक खेलाडी  निशान लिम्बूको १ गोलमा मनाङले पुलिसलाई ३-१ अन्तरले हराएको हो ।

घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाए पनि रोकिएको मनाङ दोस्रो हाफमा पुलिसविरुद्द दुई गोल गर्न सफल भयो । खेलमा पहिलो गोल अन्जनले गरे । डिफेन्डर दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिसन रहदा बल पाएका अन्जनले  खाली पोष्टमा सहज गोल गरे ।

३५औँ मिनेटमा मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काएका हुन् ।

७३औँ मिनेटमा अञ्जनले फ्रि-किकमार्फत दोस्रो गोल गर्दै पुन: अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि-किक पाएको थियो ।

अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो । खेलको ८३ मिनेटमा मनाङले ३-१ को अग्रता बनायो । वैकल्पिक खेलाडी निशान लिम्बूले पनि गोल गरे । ओलावालेको प्रहार गोलरक्षक रोशनले पन्च गरेको रिबाउण्डमा निशानले गोल गरेका थिए । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगलाई मोफसलमा लगेको हो । घरेलु मैदानमा पहिलो खेलमै मनाङ ३ अंक जोड्न सफल भयो । जितसँगै मनाङको पाँच खेलबाट १३ अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११  अंक छ । पराजित पुलिसको पाँच खेलबाट ५ अंकसहित आठौँ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);