ए डिभिजन लिग : मनाङको लगातार छैटौं जित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ए डिभिजन लिग : मनाङको लगातार छैटौं जित

manang

काठमाडौं, १९ मंसिर । शीर्ष स्थानको सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार छैटौं जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई १ – ० गोल अन्तरले हराएर मनाङले पराजित यात्रा कायम राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाएको पेनाल्टीमा गोल गर्दै अन्जनले मनाङलाई ३ अंक दिलाएका हुन् ।

खेलको ६२ औं मिनेटमा मनाङका अडेलाजालाई जावलाखेलका खेलाडीले लडाएपछी पाएको पेनाल्टीमा अन्जनले गोल गरेका थिए ।

जितसंगै मनाङको ६ खेलबाट १८ अंक जोडेको छ । मनाङ लिगमा शतप्रतिशत जित निकाल्ने एक्लो टोली हो । मनाङले दोस्रो स्थानको संकटाविरुद्ध ३ अंकले अग्रता बनाएको छ ।

पराजित जावलाखेल ४ अंक जोडेर ११ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);