८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट प्रतियोगिता सुरु

सप्तरी, १८ मंसिर । जिल्ला खेलकुद विकास समिति सप्तरीले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मंगलवारबाट खेलाडी छनौट प्रतियोगिता सुरु गरेको छ ।

छनौट प्रतियोगिताको मध्यमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख मानदेव हजाराले उद्घाटन गरे । खेलकुदमा उसु बाहेक १४ वटा खेलमा सहभागिता जनाउने तयारी भईरहेको छ ।

जसका लागि जिल्लाका ३ सय ७६ खेलाडीले भाग लिंदै छन् । २ सय १४ खेलाडीको अन्तिम छनौट गरिने आयोजकले जनाएको छ ।

प्रशिक्षक रमेश श्रेष्ठले यो पल्ट सप्तरी जिल्लाका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । प्रतियोगिता मंसिर २१ गतेभित्र छनौट गरिसक्ने तालिका रहेको जिल्ला खेलकुद विकास समिति, सप्तरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);