रनिङ शिल्डका लागि दुई सय ५८ जना खेलाडी छनौट | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रनिङ शिल्डका लागि दुई सय ५८ जना खेलाडी छनौट

चितवन, २८ चैत । चितवनमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर २ बाट दुई सय ५८ जना खेलाडी छनौट भएका छन् । भरतपुरमा भएको क्षेत्रीय प्रतियोगिताबाट विभिन्न विद्यालयका छात्रछात्राहरु जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका हुन् ।

आगामी वैशाख ७ गते हुने जिल्ला स्तरीय प्रतियोगिता प्रतिस्पर्धा गराउन भएको क्षेत्र नम्बर २ बाट एथलेटिक्सतर्फ १ सय १४, कबड्डीमा ७२ र भलिबलमा ७२ छात्रछात्राहरु छनौट भएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । यसअघि क्षेत्र नम्बर १ मा छनौट प्रतियोगिता भइसकेको छ भने क्षेत्र नम्बर ३ को खेल आगामी वैशाख २ र ३ गते हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);