डिपीएल : काठमाडौं र महेन्द्रनगरबीचको खेल वर्षाका कारण स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

डिपीएल : काठमाडौं र महेन्द्रनगरबीचको खेल वर्षाका कारण स्थगित

dpl-cricket

धनगढी, २८ चैत । धनगढी प्रिमिएर लिग अन्तगर्त दोस्रो क्वालिफायर्स राउण्डमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचको खेल वर्षाका कारण स्थगित भएको छ । काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेपछि २ ओभरको खेल चलिरहँदा बर्षाका कारण खेल स्थगित भएको हो ।

महेन्द्रनगरले २ ओभरमा ८ रन बनाएको थियो । आज स्थगित भएको खेल भोली हुने छ । लिगमा अपराजित भएको काठमाडौं पहिलो क्वालिफायर्समा साविकको विजेता धनगढी टिम चौराहसँग पराजित भएको थियो ।

यस्तै महेन्द्रनगरले सीवाईसी अत्तरियालाई पराजित गर्दै क्वालिफायर्समा पुगेको हो । भोलीको विजेताले उपाधिका लागि टिम चौराहसँग प्रतिस्पर्धा गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);