डिपीएल : बर्षाका कारण काठमाडौं र महेन्द्रनगर बीचको खेल स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डिपीएल : बर्षाका कारण काठमाडौं र महेन्द्रनगर बीचको खेल स्थगित

ktm-mhngr

धनगढी, २५ चैत । धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडले अंक बाँडेका छन् । आइतबार बिहान हुने भनिएको खेल बर्षाले पीच भिजेका कारण स्थगित भएपछि अंक बाँडिएको हो ।

यो सँगै पाँच खेलबाट ६ अंककासाथ महेन्द्रनगर युनाइटेड प्लेअफमा प्रवेश गरेको छ । यसअघि शनिबार वर्षाले प्रभावित खेलमा रुपन्देहीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्स पनि प्लेअफमा पुगिसकेको छ । काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो ।

लगातार चार खेलमा जित निकाल्दै गोल्डेन्स् एक खेल अगाडि नै प्लेअफमा पुगेको हो । महेन्द्रनगरले भने शनिबार पनि बर्षाका कारण खेल हुन नसकेपछि सीवाइसी अत्तरियासँग अंक बाँडेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);