प्रिमियर लिग : म्यानचेस्टर डर्बीमा युनाइटेडद्वारा सिटी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रिमियर लिग : म्यानचेस्टर डर्बीमा युनाइटेडद्वारा सिटी पराजित

pogba

एजेन्सी , २५ चैत ।  इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गरेको छ ।

दुई गोलको अग्रता लिएको अवस्थामा पनि सिटीले पराजय व्यहोर्यो । सिटीले पहिलो हाफमा दुुई गोलको अग्रता लिएको थियो । उसका लागि कम्पनी र गन्डोगनले पाँच मिनेटको अन्तरमा गोल गरेका थिए । तर म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा आफ्नो प्रदर्शन सुधार गर्दै १६ मिनेटको अन्तरमा तीन गोल फर्कायो ।

म्यानचेस्टर युनाइटेडका लागि पाउल पोग्बाले २ मिनेटको अन्तरमा दुई गोल गरे । पोग्बाले ५३ र ५५ औं मिनेटमा गोल गरेकामा स्मलिङले ६९ औं मिनेटमा निर्णायक गोल गरे । हारसँगै सिटीले इङ्लिस प्रिमियर लिगमा इतिहास बनाउने मौका गुमाएको छ । म्यानचेस्टर युनाइटेडविरुद्धको खेल जितेको भए सिटीले ६ खेल अगावै उपाधि जितेर इतिहास लेखाउने थियो ।

लिग अन्तर्गत गएराति भएका अन्य खेलमा तेस्रो स्थानको लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ भने लेस्टर सिटी न्युक्यासलसँग २–१ ले पराजित भएको छ । यस्तै टोटेनह्यामले स्टोक सिटीमाथि तथा बन्र्लेले वाटफोर्डमाथि २–१ को जित दर्ता गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);