म्यानचेस्टर सिटी लिभरपुलसँग ४–३ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

म्यानचेस्टर सिटी लिभरपुलसँग ४–३ ले पराजित

एजेन्सी, माघ १ । इङ्लिस प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर सिटीले पहिलो हार व्यहोरेको छ ।

म्यानचेस्टर सिटीले आफ्नो २३ औं खेलमा लिभरपुलसँग पराजय व्यहोरेको छ । लिभरपुलले सिटीलाई ४–३ ले पराजित गरेको हो । गएराति भएको खेलमा लिभरपुलले ८ मिनेटको अन्तरमा तीन गोल गरेपछि सिटीले जारी सिजनमा पहिलो पराजय व्यहोरेको हो । लिभरपुलले खेलको नवौं मिनेटमा एलेक्स ओक्सलेड चाम्बलियनले गोलमा अग्रता लिएको थियो ।

तर पहिलो हाफ सकिन ५ मिनेट बाँकी छँदा लिरोए सानेले बराबरी गोल फर्काए । खेल म्यानचेस्टर सिटीले नियन्त्रणमा राखेपनि लिभरपुलले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा लगातार तीन गोल गर्‍यो। ५९ औं मिनेटमा रोबर्टो फिर्मिनोले लिभरपुलको अग्रता बढाएकामा दुई मिनेटपछि साडियो मानेले अर्को गोल गरे । खेलको ६८ मिनेटमा लिभरपुलका लागि मोहमद सलाहले चौंथो गोल गरेका थिए। तीन गोलले पछि परेको अवस्थामा म्यानचेस्टर सिटीले खेलको अन्तिममा ५ मिनेटको अन्तरमा दुई गोल फर्काएको थियो । ८४ औं मिनेटमा बेर्नान्डो सिल्भाले तथा इन्जुरी समयको पहिलो मिनेटमा इल्के गुन्डोगनले गोल फर्काए । हारका बावजुद सिटी २३ खेलबाट ६२ अंक सहित लिको शीर्ष स्थानमा कायम छ । २३ खेलबाट ४७ अंक नै जोड्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको अर्को खेलमा वर्नमाउथसँग आर्सनल २–१ ले पराजित भएको छ । हेक्टर बेरेलिनले ५२ औं मिनेटमा गोल गरेर आर्सनललाई अग्रता दिलाएकामा वर्नमाउथले चार मिनेटको अन्तरमा दुई गोल फर्काएर आर्सनललाई स्तब्ध पारेको थियो । बर्नमाउथको जितमा विल्सनले ७० र इबेले ७४ औं मिनेटमा गोल गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);