युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान मेसीको नाममा । | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान मेसीको नाममा ।

Lionel-Messi-340__1728816254

काठमाडौं,१ माघ । बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सीले तोडे ३८ वर्ष पुरानो कीर्तिमान, युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान मेसीको नाममा ।

मेसीले गए राति स्पेनिस ला लिगाअन्तर्गत रियल सोसिडाडविरुद्धको खेलमा एक गोल गरी धेरै गोल गर्ने कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । यसअघि शीर्ष पाँच लिगमा एकै क्लबबाट धेरै गोल गर्ने खेलाडीको कीर्तिमान जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरको नाममा थियो ।

मुलरले सन् १९६४ देखि १९७९ सम्म चार सय २७ लिग खेलमा बार्यनबाट तीन सय ६५ गोल गरेका थिए । तर मेसीले रियल सोसिडाडविरुद्ध गोल गरेर मुलरको कीर्तिमान तोडेका छन् । मुलरको कीर्तिमान तोड्ने क्रममा मेसीले खेलको ८५ औं मिनेटमा गोल गरे ।

दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोल अन्तरले पराजित ग¥यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई तथा पाउलिन्होले एक गोल गरे । रियल सोसिडाडमाथिको जितसँगै बार्सिलोनाले १९ खेलबाट ५१ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);