ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, मेस्सीले बनाए नयाँ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, मेस्सीले बनाए नयाँ रेकर्ड

स्पेनीस ला लिगाको उपाधि भिडन्त रोचक मोडमा, भिल्ला रियल ४–१ ले पराजित, रियल म्याड्रिडले ग्रानाडालाई ४–० ले हरायो

ला लिगाको उपाधि भिडन्त रोचक मोडमा

काठमाडौं । स्पेनीस ला लिगाको अंक तालिकामा बार्सिलोनाले आफ्नो अग्रता कायमै राखेको छ । 

लिओनल मेसीको २ गोलको सहयोगले बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत शनिवार राती सम्पन्न खेलमा भिलारियललाई ४–१ गोलले पराजित गरेको छ । बार्सिलोनाको जितमा अग्रपंक्तिका ३ जनै स्टार स्ट्राइकर ‘एमएसएन’ ले गोल गरे। नेइमारले पहिलो हाफको २१ मिनेटमा घरेलु टोलीलाई गोलको अग्रता दिलाएका थिए । उनले मेसीको पासमा डिबक्स भित्रबाट गोल गरेका थिए । पहिलो हाफमा घरेलु टोलीलाई अग्रता दिलाउन मेसीले गोल गरे । उनले पहिलो हाफको खेल सकिन केही सेकेन्डको समय बाँकी रहँदा गोल गरेका थिए । उनले ८१ मिनेटमा पेनाल्टीमार्फत अर्को उत्कृष्ट गोल गरेका थिए । यसअघि सुआरेजले ६८ मिनेटमा गोल गरेका थिए । उनले मेसीको पासमा बल अगाडि बढाउदै डिबक्स भित्रबाट गोल गरेका थिए। । मेस्सीले यो सिजनको युरोपेलि लिगहरुमा ५० गोल कटाएका छन् । उनले यो खेलमा गरेको दुई गोलले यो सिजन उनको ५१ ऋौं गोल पुरा भएको छ ।
यता क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा रियल म्याड्रिडले रेलिगेशनमा रहेको ग्रेनाडा क्लबलाई ४–० गोलले पराजित गरेको छ । जितसँगै म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जित्ने आफ्नो अभियानलाई पुनः बलियो बनाएको छ । गारेथ बेल चोटका कारण विश्राम रहेको अवस्थामा प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई पनि मैदानमा उतारेका थिएनन्। अर्का स्ट्राइकर करिम बेन्जेमालाई पनि बेञ्चमा राखेर जेम्स रोड्रिगेज र अल्भारो मोराटालाई मैदानमा उतारेका थिए। प्रशिक्षक जिदानको आशा अनुरुप यी दुवैले २–२ गोल गरे। रोड्रिगेजले ३ र ११ मिनेटमै गोल गरेका थिए। मोराटाले ३० र ३५ मिनेटमा अर्को दुई गोल थपेपछि पहिलो हाफमा म्याड्रिडले ४ गोलको अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा ग्रेनाडाले आफ्नो पोस्टमा कुनै गोल हुन दिएन । ला लिगाको अंक तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुबैको समान ८४ अंक छ । गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ । तर, म्याड्रिडले १ खेल कम खेलेको छ। बार्सिलोनाले अब उपाधिका लागि २ खेल खेल्न बाँकी छ भने म्याड्रिडको हातमा ३ खेल छ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);