बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, एमएनएसले गरे गोल, रियल बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, एमएनएसले गरे गोल, रियल बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा स्पोर्टिङ गिजोन ६–१ ले पराजित, जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६–१ गोल अन्तरले हराएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि स्टार स्ट्राइकर लिओनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेस्सीले ९ मिनेटमा हेडिङ गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

यस्तै जुआन रोड्रिगेजले ११ मिनेटमा आत्मघाती गोल गरे । लुइस स्वारेजले २७ मिनेटमा गरेको गोलका कारण पहिलो हाफमा नै बार्सिलोनाले ३–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा बार्सिलोनाका लागि पाको अल्कासेरले ४९, नेइमारले ६५ र इभान रेकिटिकले ८७ मिनेटमा गोल गरे ।

स्पेनिस ला लिगाको रेलिगेसन जोनमा रहेको स्पोर्टिङ गिजोनका लागि कारर्लोस क्यास्ट्रोले एक गोल गरे ।

स्पोर्टिङ गिजोनलाई फराकिलो अन्तरले हराएसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५७ अंक जोडेको छ । यस्तै दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५६ अंक छ ।

रियल मड्रिड लास पालमससँग ३–३ को बराबरीमा रोकिएको छ । राति नै भएका अरु खेलमा भिल्लारियलले ओसासुनालाई ४–१ ले र ग्रानडाले अल्भेसलाई २–१ ले हराए । सेल्टा डि भिगो र स्पानियोलले भने २–२ को बराबरी गरे ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);