स्पेनिस ला लिगा : सेल्टा डी भिगोलाई हराउँदै स्पेनिस क्लब बार्सिलोना शीर्ष स्थानमा कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्पेनिस ला लिगा : सेल्टा डी भिगोलाई हराउँदै स्पेनिस क्लब बार्सिलोना शीर्ष स्थानमा कायमै

barcelona-celta

काठमाडौं, ८ पुस । सेल्टा डी भिगोलाई हराउँदै स्पेनिस क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै रहेको छ ।

शनिबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा क्याटलान क्लब सेल्टा डी भिगोलाई २–० ले हराएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेसी र उसमान डेम्बेले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा डेम्बेलेको गोलबाट सुरूवाती अग्रता लिएको बार्सिलोनाले ४५ औं मिनेटमा कप्तान मेसीको गोलबाट दोब्बर अग्रता पायो । पहिलो हाफमै २–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा गोल गर्न सकेन ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि बार्सिलोनाको २–० को जित निश्चित गर्यो । जितपछि बार्सिलोना १७ खेलबाट ३७ अंक जोड्दै लिगको शीर्षस्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);