स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनालाई सेल्टा डी भिगोले बराबरीमा रोक्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

काठमाडौं, ५ बैशाख । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनालाई सेल्टा डी भिगोले बराबरीमा रोकेको छ ।

गएराति सेल्टा डी भिगोको मैदानमा भएको खेलमा घरेलु टिमले १० खेलाडीमा सिमित बनेको बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोकेको हो । खेलको ३६ औं मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । सेल्टाका लागि ४५ औं मिनेटमा जोन्नी कास्ट्रोले गोल गर्दै पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा पुर्याए । ६४ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।

७१ औं मिनेटमा लागो असपसलाई फल गरेका कारण सर्जी रोबर्टोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भयो । सेल्टाका लागि ८२ औं मिनेटमा लगो असपसले गोल गरे । बराबरीपछि बार्सिलोना ८३ अंक सहित लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७१ अंक छ । ४४ अंक सहित सेल्टा लिगको नवौं स्थानमा छ ।

गएराति नै भएको खेलमा सेमिल्लाले डिप ला केरुनासँग गोलरहित बराबरी खेलेको छ भने भिल्लारियलले लेगानेसलाई २–१ ले पराजित गर्यो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);