आइपीएल : दिल्ली डेयरडेभिल्सको तेस्रो हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

आइपीएल : दिल्ली डेयरडेभिल्सको तेस्रो हार

kkr

एजेन्सी, ४ बैशाख ।  इण्डियन प्रियिमर लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले तेस्रो पराजय व्यहोरेको छ । गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्स कोलकाता नाइट राइडर्ससँग ७१ रनले पराजित भएको हो ।

टस जितेर फिल्डिङ रोजेको दिल्ली कोलकाता नाइट राइडर्सले दिएको २ सय १ रनको लक्ष्य पछ्याउने क्रममा १ सय २९ रनमा समेटियो । दिल्ली १४ दशमलव २ ओभरमा अलआउट भयो । दिल्लीलाई ३४ बल पहिले आउट गर्ने क्रममा सुनिल नारायण र कुलदिप यादवले ३÷३ विकेट लिए ।

त्यसअघि कोलकाता नाइट राइडर्सले एन्ड्रयु रसेल, नितिस राना र रबिन उथप्पाको बिस्फोटक ब्याटिङमा निर्धाीरत २० ओभरमा ९ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । रसेलले १२ बलमा ६ छक्कासहित ४१ रन बनाए । दिल्लीका लागि राहुल टेवाटियाले तीन विकेट लिए ।

नेपाली बलर सन्दिपलाई चौथो खेलमा पनि खेलाइएको थिएन । आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);