नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु

red panda volleyball

रसुवा, ३ बैशाख । रसुवामा आजदेखि नवौँ  रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । २३ औँ वन्यजन्तु सप्ताहको अवसर पारेर रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु गरिएको हो ।

खेलकुदको माध्यमबाट संरक्षणमा सहयोग पुर्याउनका लागि जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले प्रतियोगिताको आयोजना गरेको हो । लिग चरणको आधारमा खेलाइएको खेलमा १४ टिमको सहभागिता रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेले ७५ हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० र सान्तवना हुनेले १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिता ७ गतेसम्म संचालन हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);