बैशाख २१ देखि २५ गतेसम्म महिला भलिबल प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैशाख २१ देखि २५ गतेसम्म महिला भलिबल प्रतियोगिता

काठमाडौं, १६ चैत । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

बैशाख २१ देखि २५ गतेसम्म महिला भलिबल प्रतियोगिता सञ्चालन हुने काठमाडौँमा आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस, पश्चिमाञ्चल भलिबल टिम, शिवम् न्यु डायमण्ड एकेडेमी र जावलाखेल टे«निङ सेन्टरको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका १० सर्वोत्कृष्ट एवम् विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार पाउनेछन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदकै कर्बोड हलमा सञ्चालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);