डिपीएल क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डिपीएल क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

Dhangadi Premier League

धनगढी, १६ चैत । भोलिदेखि धनगढीमा सुरु हुने सर्वाधिक धनराशी पुरस्कार भएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शुभासविक्रम शाहीका अनुसार धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभूति हुने गरी पीच गरिएको छ । यस्तै मैदान आकर्षक ढंगले तयार गरिएको छ भने दर्शकहरु बस्नका लागि झण्डै ७ हजार क्षमताको अस्थायी ‘प्याराफिट’ निर्माण गरिएको छ ।

दोस्रो संस्करणको यो प्रतियोगिताले आइसिसीको मान्यतासमेत पाएको छ । देशको पहिलो अक्सन र सिटी बेस्ड फ्रेन्चाइजमा आधारित यो प्रतियोगितामा टोली चौराहा धनगढी, सिवाइसी अत्तरीया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डन्स, विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्ससमेत छ टोलीले भाग लिँदैछन् ।

कूल १९ वटा खेल खेलाइने प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख तेस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसबाहेक प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’को उपाधि पाउने खेलाडीले मोटरसाइकल, गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पाउनेले गोल्डेन बुट र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’को उपाधि पाउनेले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);