धनगढी प्रिमियर लिगको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धनगढी प्रिमियर लिगको तयारी पुरा

२५ चैत, कञ्चनपुर । कञ्चनपुर आईकोनिकले धनगढीमा हुने धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएका हुन् ।

धनगढी प्रिमियर लिगको तयारी पुरा

२५ चैत, कञ्चनपुर । कञ्चनपुर आईकोनिकले धनगढीमा हुने धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएका हुन् ।

क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागि, क्रिकेटलाई अर्को चरण सम्म पु¥याउने र सुदुरपश्चिमलाई राष्ट्र संग जोड्नका लागी पनि क्रिकेट अभियानको रुपमा लिईएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताउनु भयो । कञ्चनपुर आईकोनिक को आयोजनामा भएको पत्रकार सम्मेलन तथा मोबाईल एप्लिकेशन प्रर्दशन कार्यक्रममा बोल्दै कञ्चनपुर आईकोनिक का अध्यक्ष पिताम्बर जोशीले कञ्चनपुरको क्रिकेटलाई अन्र्तराष्ट्रियस्तरसम्म पु¥याउन तथा खेल जगतबाट टुरिज्मको विकास हुने बताउनु भयो ।

विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाईज गरेर चैत २७ देखि बैशाख ०९ सम्म हुने डिपिएलमा कञ्चनपुर आइकोनिक विनोद भण्डारीले कप्तानी गर्नेछन् । प्रतियोगिताको विजेतालाई रु १५ लाख र उपविजेतालाई रु ७ लाख रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ । नेपाली क्रिकेटमा यो हालसम्मकै सवैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हो ।

प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटीआर २०० अपाचे मोटरसाईकल पाउनेछन् । प्रतियोगिताको पुरस्कार राशीमा मात्र २७ लाख रुपैया खर्च हुने आयोजकले बताएको छ । कार्यक्रममा कञ्चनपुर आईकोनिकका बारेमा जानकारी गराउनुका साथै कञ्चनपुर आईकोनिक एप्लिकेशनको समेत उद्घाटन गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);