डीपीएल क्रिकेटमा अत्तरीया र रुपन्देही विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डीपीएल क्रिकेटमा अत्तरीया र रुपन्देही विजयी

श्रवण देउवा, २८ चैत कैलाली ।
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सोमवार भएका खेलमा सीवाईसी अत्तरिया र रुपन्देही च्यारेन्जर्सले जित हासिल गरेका छन । अत्तरीयाले काठमाण्डौ गोल्डेन्सलाई र रुपन्देहीले कञ्चनपुर

डीपीएल क्रिकेटमा अत्तरीया र रुपन्देही विजयी

 

 

श्रवण देउवा, २८ चैत कैलाली । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सोमवार भएका खेलमा सीवाईसी अत्तरिया र रुपन्देही च्यारेन्जर्सले जित हासिल गरेका छन । अत्तरीयाले काठमाण्डौ गोल्डेन्सलाई र रुपन्देहीले कञ्चनपुर आईकोनिकलाई हराउदै लिगमा विजयी सुरुवात गरेका हुन । धनगढी प्रिमियर लिगको सोमवार भएको पहिलो खेलमा गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता भएको सिवाईसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो । सुरुवातमा विकेट गुमाएर दवाव परेको अत्तरीयाका लागि योगेन्द्र कार्कीले सिंह कार्कीले ५७ रनको अर्ध शतकीय पारी खेल ।

 

त्यस्तै ज्ञानेन्द्र कुवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले १÷१ विकेट लिए । एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु वाहेक अरुले दोहोरो अंकमा रन वनाउन सकेनन् । जितका लागि सिवाइसी अत्तरीयाका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए । अत्तरीयाका अविनाश बोहरा वेल्स क्याफे म्या अफ द म्याच हुदै नगद १० हजार हात पारे ।

 

सिवाइसी अत्तरीया ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् । धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत सोमवार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्र्जसले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४५ रन वनायो । रुपन्देहीको तर्फवाट हरिशंकर साहले सर्वाधिक ३३ रन बनाए । यसैगरी शंकर रानाले १९ प्रकाश केसीले २६ शक्ति गौचनले १६ रन र विक्रम सोवले १५ रन बनाए । कञ्चनपुर आईकोनिकको तर्फबाट कुशल भुर्तेलले ४ विकेट लिए । यस्तै अविनाश कर्णले २ विकेट लिए । सुनिल धमलाले एक विकेट हात पारे ।

 

१ सय ४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट जादा १ सय ३१ रन मात्र बनाउन सक्यो । कञ्चनपुरका सागर पुनले ३९ रन, सुनिल धमलाले २८ रन, कुशल भुर्तेलले २७ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । रुपन्देहीका साहव आलम र कृष्ण कार्कीले तीन÷तीन, शक्ती गौचनले दुई र दिपेश श्रेष्ठले एक विकेट लिए । डिसिएल अन्तर्गत मंगलवार हुने पहिलो खेलमा टीम धनगढी र विराटनगर किङस्, तथा दोस्रो खेलमा कञ्चनपुर आईकोनिक र काठमाण्डौ गोल्डेन्स वचिमा हुने आयोजकले जनाएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् ।

 

६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् । सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिए । प्रतियोगिताका लागि तीन हजार दर्शक अटाउने गरी अस्थायी प्याराफिट सहितको रंगशाला बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);