डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

cyc-atariya

काठमाडौं, ८ फागुन । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ ।

फाप्ला मैदानमा हुने डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो १२ बजेर ३० मिनेटमा सुरु हुनेछ । कमजोर मानिएको अत्तरीयाले एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफायर्समा पुगेको हो । लिगको अन्तिम खेलमा अत्तरीयाले काठमाडौंलाई सात विकेटले हराएको थियो ।

यी दुई टिम अहिलेसम्म तीन पटक खेल्दा दुई पटक अत्तरीया विजयी भएको छ भने एकपटक काठमाडौं डीपीएलको पहिलो सिजनमा अत्तरीयाले काठमाडौंलाई ४० रनले हराएको थियो भने दोस्रो सिजनमा अत्तरीया ११ रनले पराजित भएको थियो । आज काठमाडौंलाई लगातार दोस्रो पटक फाइनलमा पुग्ने मौका मात्र मिलेको छैन, लिग चरणको अन्तिम खेलमा ब्यहोरेको हारको बदला लिने मौका पनि हुनेछ । यता अत्तरीया पनि काठमाडौंलाई हराउँदै पहिलो पटक लिगको फाइनलमा पुग्न चाहन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);