३ वर्ष भित्र काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण : खेलकुदमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

३ वर्ष भित्र काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा

काठमाडौं, ७ फागुन । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि ३ वर्ष भित्र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलवार बसेको संघीय संसद अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् । त्यसका लागि जग्गा प्राप्तीको कामलाई अघि बढाएको उनकोे भनाई छ ।

मन्त्री विश्वकर्माले खेल प्रशिक्षक, कोच लगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको पनि बताए । उनले सो विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको जानकारी दिए ।

बैठकमा समितिका सदस्य जीवनराज श्रेष्ठले बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन नसकेको भन्दै त्यसमा लगानी बढाउन सरकारसँग माग गरे । समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले खेलाडीको छनौट निष्पक्ष ढंगले गर्न सरकारलाई सुझाव दिए । उनले सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन नसकेको आरोप पनि लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);