प्रस्तावित बजेट खेल क्षेत्रको विकास र सम्मृद्धिलाई प्राथमिकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रस्तावित बजेट खेल क्षेत्रको विकास र सम्मृद्धिलाई प्राथमिकता

jagat bishwokarma

काठमाडौं, २० असार । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मन्त्रालय अन्र्तगत प्रस्तावित बजेटले खेल क्षेत्रको विविध चुनौतिको सामना गरि खेलकुदको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बोधन गर्दे उहाँले अन्तराष्ट्रिय पदक तालिकामा देशको स्तरलाई माथि उठाउने तथा खेलका विविध क्षेत्रको विकास र सम्मृद्धि लाई प्राथमिकतामा राखिएको बताउनुभएको हो ।

उहाँले सबै प्रदेशमा अन्तराष्ट्रिय स्तरको सुविधायुक्त रंगशाला निर्माण गर्ने लक्ष्यका साथ अगाामी आर्थिक बर्षमा प्रदेश नम्बर २ को धनुषा, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय रंगशाला निर्माणका लागि १० करोड विनियोजन गरिएको स्पष्ट पार्नुभयो । उहाँले खेलकुद पर्यटनको विकास गर्न जुम्ला, लुक्ला, हेलम्बु, मनाङ र घान्द्रुकमा हाई अल्टिच्युट टे«निङ सेण्टर स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);