खेलाडी छनौटमा भेदभाव नगर्न प्रधानमन्त्री ओलीको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

खेलाडी छनौटमा भेदभाव नगर्न प्रधानमन्त्री ओलीको सुझाव

काठमाडौँ, २० माघ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा हुने खेलाडी छनौटमा भेदभाव नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव,देशको गौरव बढाउने खेल क्षेत्रको लगानी अनुत्पादक नभएको टिप्पणी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिनुभएको छ ।राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाण्डौमा गरेको खेलकुदसंग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिनुभएको हो ।

परिषद्ले प्रशिक्षक र खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । खेलाडी छनौटमा गुनासाहरु रहेको भन्दै ओलीले तालिमदेखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव हुन नहुने उल्लेख गर्नुभयो ।

खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उहाँले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताउनुभयो ।

उहाँले जीतका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।उहाँले कोरोना संक्रमणको जोखिम कम भइरहेको भन्दै उहाँले अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);