नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिका बीच मेयर कप–२०७७ आयोजनाका लागि सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिका बीच मेयर कप–२०७७ आयोजनाका लागि सम्झौता

काठमाडौँ, २० माघ । नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिका बीच मेयर कप–२०७७ आयोजनाका लागि मंगलबार सम्झौता भएको छ ।

काठमाडौंको सभागृहमा भएको कार्यक्रममा नेपाल क्रिकेट संघ क्यान अध्यक्ष र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार महानगरपालिकाले आयोजक नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने छ । सम्झौता पछि बोल्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले महानगरपालिकाको सहयोग सुरुआत भएको र यस्ता प्रतियोगिताले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन अभ्यास हुने बताउनुभयो ।

सम्झौता अनुसार महानगरपालिकाले क्यानलाई पहिलो किस्ता अनुसार ६० प्रतिशत रकम उपलब्ध गराउनेछ भने प्रतियोगिता सम्पन्न भइसकेकी पछि ४० प्रतिशत उपलब्ध गराउनेछ । एक दिववसीय संरचनामा हुने प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);